nindra sleeping

अमेरिकामा एउट घटना सार्वजनिक भएको छ जसका बारेमा सुन्दैमा हैरान हुनुहुनेछ तपाइँ । अमेरिकाको कन्सासमा एक २० वर्षकी युवती ६ बच्चाको आमा बनिसकेकी छिन् ।

दनेशा काउचा नामकी ती युवतीले २६ महिनामै ६ बच्चा जन्माएकी छिन् । उनले २६ महिनाको अवधिमा ३ पटक गर्भवती भएर बच्चा जन्माइन् र तिनै पटक जुम्ल्याहा जन्माइन् ।

दनेशाले पहिलोपटक सन् २०१४ को अपि्रल १३ मा जुम्ल्याहा छोराहरु डेनेरियस र डेसमन्डलाई जन्माइन् । तर डेसमन्डको जन्मेकै केही समयमा मृत्यु भयो । उनले फेरि सन् २०१५ को २९ मे मा जुम्ल्याहा छोरी पाइन् । ती दुबैजना छोरी सकुसल छन् ।

साँच्चीकै बच्चा उत्पादन गर्ने मेसिनकै रुपमा रहेकी दनेशा पुनः गर्भवती बनेर यो वर्षको १७ जूनमा जुम्ल्याहा छोरी जन्माएकी छिन् । यो सँगै उनले २७ महिनाको अवधिमा ६ जना बच्चा जन्माइन् जसमध्ये १ छोरा र पाँच छोरी अझैँ जिवित छन् भने एकजना छोराको मृत्यु भैसकेको छ ।

दनेशाकी पतिको नाम हो जेफरी प्रेसनर हो । मृत्यु भएको छोरा सम्झेर अहिलेपनि आफ्नो मन रुने दनेशा बताउँछिन् ।

नेशाको प्रजनन क्षमता देखेर डाक्टरहरु पनि छक्क पर्छन् । उनका अण्डासयमा हरेक महिना दुइवटा डिम्ब परिपक्व हुने भएकाले हरेक पटक जुम्ल्याहा बच्चा जन्माउने गरेको डाक्टरहरु बताउँछन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

You May Also Like

के खोज्छन् पुरुषहरु आफ्ना नव-दुलहीमा ?

अक्सर प्रेममा युवा जोडी बहकिन्छन् । उनीहरुको प्रेम केवल शारीरिक आकर्षणबाट सुरु…

यी हुन् संसारकै उस्तै जुम्ल्याहा दिदिबहिनी, दुवैको एउटै प्रेमी (तस्विरसहित)

काठमाडौ – अस्ट्रेलियामा एउटै शारिरिक संरचना र अनुहार भएको छुट्याउनै नसक्ने एक…

किन मान्छेले अरुको डाहा गर्छन् ?

आमिर खान स्टारर हिन्दी चलचित्र ‘थ्रि इडियट्स’को एउटा दृश्यमा फरहान भन्छन्, ‘जतिबेला…

विश्वमा किन रुद्राक्ष् यति धेरै महँगो मुल्यमा बिक्रि हुन्छ?

विश्वमा किन रुद्राक्ष् यति धेरै महँगो मुल्यमा बिक्रि हुनुछ ? नेपालमा त…