हालत देखेर मोडल निशा घिमिरेलाई हेर्न पुग्ने सबै रुदै फर्कछन् ! छोरी बचाईदिनुस भन्दै बुवा रुन्छन्(भिडियो )

0

कलाकारितामा आफ्नो नाम स्थापित गराउन सङ्घर्षरत मोडल निशा घिमिरे अहिले काठमाडौँस्थित बीर अस्पतालको ट्रमा सेन्टरमा मृत्युसँग लडिरहेकी छिन्। केही समय अगाडि भारतमा नृत्य पढ्ने क्रममा उनी सवारी दुर्घटनामा परेकी हुन् ।

गएको पुस १८ गते भारतको देहरादुनमा कार दुर्घटनाबाट घाइते भएकी निशालाई १८ दिनसम्म भारतमै उपचार गरिएको र आर्थिक स्थितिले धान्न गाह्रो परेपछि नेपाल ल्याई माघ ७ गतेबाट राजधानीको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।

उनलाई कलाकार सपना लामिछानेले सहयोग गरेकी छिन् । राजधानीको ट्रमा सेन्टरमा उपचार गराइरहेकी निशालाई सपनाले आफ्नो व्यक्तिगत तर्फबाट रु. पचास हजार उनका बुबालाई हस्तान्तरण गरिन् । पूरा जानकारीको लागी हेर्नुस् यो भिडियो ।

प्रतिक्रिया