प्रथम बेगनास कप हुदै

0

महाशिवरात्री को अबसरमा बेगनास युवा क्लब, पोखराले सेभेन ए साइड फुटबल आयोजना गर्ने भएको छ।बेगनासताको किनारमा क्लबले नै निर्माण गरेको मैदानमा उक्त प्रतियोगिता गर्न लागिएको हो।

स्थानिय खेलकुद र खेलाडिको बिकाश एबम युवाहरुलाई सकरात्मकता तर्फ दोहोर्याउने उद्देश्यका साथ प्रतियोगिता सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष राम बहादुर रानाभाटले बताए। बृहत् बेगनासताल सरसफाई अभियानका अभियान्ता समेत रहेका रानाभाटले भने-“स्थानिय ब्यक्ती तथा सस्थाहरुको सहयोग र समर्थनले हाम्रो अभियानले ४६औं हप्ता एबम एक बर्ष पार गरिसकेको छ,जस्ले हामिलाई सामजिक कार्य गर्न अझै प्रेरणा मिलेको छ”।

फाल्गुन १२ देखि २० गते सम्म सन्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद रु १,५५,५५५/- सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।त्यसैगरी उपबिजेता टिमले नगद रु ५५,५५५/- साथै सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी,उत्कृष्ट टिम एबम उच्च गोलकर्तालाई पनि बिशेष पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जानाकारी दिए।

प्रतिक्रिया