त्रि.बि को खुड्किलो

0

जिन्दगी एउटा यात्रा हो, जहाँ गन्तव्यको लागि कयौ खुड्किलाहरु पार गर्नु जरुरी छ । यिनै विभिन्न् खुडकिला मध्ये हरेकको जिवनमा शैक्षिक खुड्किलाको निकै ठुलो भुमिका हुन्छ् । नेपालको सन्दर्भमा हेर्ने हो भन्ने शैक्षिक योग्यताले निकै ठुलो मान्यता राख्द्छ । उच्च शिक्षा अनि त्यस पश्चातको सुखद जिवनको आशामा त्रि.वि परिसरमा छिरेको दृश्य देखि, बिच बिचमा हसाँउने काठमाण्डौ बस्ने सङ्कल्प सँगै बाग्लुङ्गका पात्र मानवका दैनिकबाट नाटक खुड्किलो शूरु हुन्छ । जीवन पौडेलको लेखन तथा अमृत काउलाको निर्देशनमा सरस्वती पुजाको अवसरमा माघ २७ गते त्रि.वि को अडिटेरियम हलमा करिब ५०० दर्शकका माझ मञ्चन भयो नाटक खुड्किलो ।

त्रि.वि को वरपर रहेर त्यसमा विद्याथीका विभिन्न अवस्था, समस्या तथा सपनाहरुलाई सचित्र प्रस्तुत गर्न खुड्किलो सफल रह्यो । दर्शकमाझ गहिरो छाप छाडेको यस नाटकले कयौ विद्याथी तथा शिक्षकलाई समेत भावुक बनाउन सफल देखियो । नेपालको शैक्षिक प्रणालीमा भएको दुरावस्थाले विद्यार्थीको भविष्यमाथि पारेको अन्यौलतालाई नाटकमा उतार्न खोजिएको थियो । नाटक हेरिरहँदा विद्यार्थीहरुले आफुलाई कयौ घटना तथा सम्वादमा आफु स्वयमलाई महसुस गरिरहेका थिए ।
सामान्य परिवारमा जन्मिका पात्र मानव उच्च शिक्षाको सपना बोकेर ठुलो विश्वविद्यालयसम्म पुग्छ । जहाँ विभिन्न स्थानबाट आएका फरकफरक चरित्रका साथीहरू भेट्छ । साथीहरूको संगत र क्याम्पसको शैक्षिक अस्तव्यस्तले गर्दा क्याम्पसमा आन्दोलन र तोडफोड गर्न थाल्दछ । राम्रै अंक ल्याएर स्नातकोत्तर पास गरेपनि जागीरको लागि विभिन्न समस्याहरुका कारणले कमजोर हुदै जान्छ र अन्त्यमा आत्महत्या गर्नसमेत बाध्य हुनुपरेको कथालाई नाटकमा प्रस्तुत गरिएको थियो ।

नाटकमा जीवन पौडेल, मुकेश हमाल, समीर पौडेल, सगुन तामाङ, अमृत काउचा, लोकेश विष्ट, काजोल लामा, सुरेश धामी, लालसिङ थापा, प्रदिप सुवेदी लगायतको अभिनय रहेको नाटकमा ध्वनि परिचालन शिवराम पौडेले गरेका थिए । नाटक हेरिसकेपछि दर्शकहरूले नेपालको शैक्षिक क्षेत्रमा भएको वास्तविक परिवेशलाई नाटकमा उतारेकोले लेखक, निर्देशक तथा कलाकारहरूलाई बधाईसमेत दिए साथै यो नाटकको पुन मन्चन हुने भएको छ ।

प्रतिक्रिया