काठमाडौं : चिनवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका–१६ को कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा जग्गामा क्रिकेट रङ्गशाला बनाउने सहमति भएको हो । रङ्गशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ हुनेछ

। गुरुयोजना तयार भएको दुई व र्षभित्र रङ्गशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले जानकारी दिनुभयो ।

आगामी छ महीनाभित्र सबै पूर्वाधार तयार गरी दुई वर्षभित्र काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ । फाउण्डेशनले निर्माण कार्यलाई चुस्त बनाउन सल्लाहकमार समिति, मूल समिति, निर्माण तथा व्यवस्थापन समिति, कानून समिति, आर्थिक समिति, प्राविधिक समिति निर्माण गरिएको छ । रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेशनले जनाएको छ । रङ्गशाला करीब ३० हजार दर्शक क्षमताको हुनेछ । रङ्गशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुने तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का सम्पूर्ण मापदण्डहरु पूरा गर्ने बताइएको छ । रङ्गशाला कमलको फूल आकारको हुनेछ । बहुउपयोगी हुने यो रङ्गशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिनेछ उल्लेख छ ।

नेपाललाई खेलकूदको केन्द्र बनाउन सके रोजगारको सिर्जना गर्ने, राष्ट्रलाई आर्थिक आम्दानी गराउँदै खेलको माध्यमबाट राष्ट्रराष्ट्रबीचको सम्बन्ध जोड्नुका साथै देशको नाम अन्तर्राष्ट्रिय जगतमा अझ उच्च बनाउन सकिने फाण्डेशनको विश्वास छ । शान्तिका अग्रदूत गौतमबुद्धका नामा निर्माण गरिने रङ्गशाला निमाणले धार्मिक पर्यटनको समेत सम्भावना रहेको छ । रङ्गशालाको निर्माण घोषणासँगै एस ट्राभल्सले रु तीन करोड दिने घोषणा गरेको छ । त्यसैगरी अल्का अस्पतालले रु २५ लाख, रवीराज सिंहले रु ११ लाख, कृष्ण आचार्यले रु पाँच लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट रु पाँच लाख सहयोग गर्ने भएको छ । यसैगरी कलाकार बद्री पंगेनीले रु एक लाख, प्याब्सनकी दीपिका थापाले एक लाख १० हजार, मह सञ्चारले रु एक लाख पाँच हजारलगायत घोषणा भएको छ ।

प्रतिक्रिया

You May Also Like

अधिकांश सरकारी भवन समयमै बन्दैनन्

८ साउन, धनकुटा ।  सहरी विकास भवन निर्माण डिभिजन कार्यालय धनकुटा अन्तर्गत संखुवासभाको…

‘साइबर सामन्तवाद’का विरुद्ध आफ्नै नयाँ ‘टि्वटर’ सुरु गर्ने विकिलिक्सको धम्की

गोप्य दस्तावेजहरु सार्वजनिक गरेर सनसनी मच्चाउने वेबसाइट विकिलिक्सले आफ्नै माइक्रोब्लगिङ साइट सुरु…

मोबाइल एप इतिहासमा धमाकाः ‘को बन्छ करोडपति’बाट एक करोडसम्म उपहार !

आँखी झ्याल विशेषः अन्तराष्ट्रिय फ्रेन्चाइज ‘हु वन्ट टु बी अ मिलीनियर’ को…

सुशासन समितिको बैठकमा लोकमान अनुपस्थित

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की…