अष्ट्रेलियाबारे अजबगजबका कुराहरु

0

अस्ट्रेलिया जाने मानिसहरुको संख्या दिनप्रतिदिन बढी रहेको छ । त्यस्तै अस्ट्रेलियाबाहिर रहेका मानिसहरु पनि अस्ट्रेलियाबारे जान्न निकै उत्सुक रहेका छन् । व्यापारको हिसाबले होस् वा अध्ययनका कारणले होस् अस्ट्रेलियाप्रतिको क्रेज उच्च रहेको छ ।

भौगोलिक हिसाबले पनि राम्रो देश मानिएको अस्ट्रेलियाबारे केही यस्ता रोचक तथ्यहरु छन् जसका बारेमा धेरैलाई थाहा नहुनसक्छ ।

आउनुहोस् हेरौ अष्ट्रेलियाबारे १० रोचक तथ्यहरु

१०. सधैं अगाडि

अष्ट्रेलियाको कोर्ट अफ आर्ममा दुई स्थानिय जनावरको चित्र अंकित छ । एक इमु र अर्को कंगारु । दुवै अगाडि मात्र बढ्न सक्छन् जसलाई अष्ट्रेलियाको समृद्धीको प्रतिक समेत मानिन्छ । त्यसले अष्ट्रेलिया संधै अगाडि बढ्ने जनाउछ ।

९. अष्ट्रेलियनहरु फोस्टर पिउँदैनन्

अष्ट्रेलियन प्रिमियर बियर ब्रान्ड फोस्टर बाहिर देशमा जति चर्चित छ अष्ट्रेलियामा खासै मानिसहरुले पिउदैँनन् । अष्ट्रेलियाको केही ठाउँमा त यो बियर पाइदा पनि पाइदैन । तर, यो बियर युके लगायत अन्य देशहरुमा धेरै नै लोकप्रिय छ ।

८. अष्ट्रेलिया अमेरिकाभन्दा केही मात्रै सानो छ

जब तपाइले अष्ट्रेलिया र अमेरिकाको जमिनको तुलना गर्नुहुन्छ भने अष्ट्रेलिया अमेरिकाभन्दा अलिकतिमात्रै सानो छ । यसलाई अमेरिकाको ४८ स्टेटसँग तुलना गरेर हेर्ने हो भने सानो क्षेत्रफलले मात्रै अमेरिका ठुलो देखिन्छ । धेरै मानिसहरले अष्ट्रेलियालाई एक सानो देशको रुपमा लिन्छन् । तर, यो धेरै ठूलो देश हो । तुलनात्मक रुपमा जनसंख्या हेर्ने हो भने सानो देखिन्छ । यहाँको जनसङ्ख्या चाँहि जम्मा २३ दशमलब १३ मिलियन छ ।

७. महान ग्रिकहरू

ग्रिस बाहिर सबैभन्दा ठूलो ग्रिक जनसङ्ख्या अष्ट्रेलियाको मेलबर्न र भिक्टोरियामा छ । शहरको ग्रिक एरिया स्वान्सटन र रसेल सडकको बिचलन्स्लेड स्ट्रिटको साथमा केन्द्रित छ । ला ट्रोब र विलियम स्ट्रिटको कुनामा हेलेनिक फाउन्डेसनकासाथै हेलेनिक संग्रहालय पनि छ ।

६. अष्ट्रेलियनहरु कंगारु खान्छन्

अष्ट्रेलियामा कंगारुको मासु धेरैले खान्छन । यो अष्ट्रेलियाको मासुपसलहरु, सुपरमार्केटहरु र रेष्टुरेन्टको मेनुमा सर्वत्र पाइन्छ । कंगारुको मासु रातो र कम चिल्लो हुने भएकोले यो बिफ र भेडाभन्दा स्वस्थकर मानिन्छ ।

५. उच्च विविधता

अष्ट्रेलियामा करिब २०० भाषाहरु बोलिन्छन जसमध्ये ४५ वटा विभिन्न आदिवासीका भाषाहरु छन् । सबैभन्दा धेरै बोलिनेमा भाषामा इटालियन, ग्रिक, कयान्टोनिज, अरेबिक, भियतनामिज र मान्डारिन हुन् ।

४. अष्ट्रेलियन आदिवासी

आदिवासी अष्ट्रेलियन आदिवासीहरु र टोरेस स्टेर आयल्यान्डर्सहरुको जनसङ्ख्या करिब ३ प्रतिशतमात्रै छ । आदिवासी भाषा नक्साले अष्टे«लियाको अफिसियल राज्यहरुभन्दा धेरै नै फरक दृश्य देखाँउछ ।

३. महिला शक्ति

महिलालाई भोटिङ राइट दिने अष्ट्रेलिया संसारकै दोस्रो देश हो जसले सन् १९०२ मै महिलालाई भोटिङ राइट दिएको थियो । यो उपलब्धिलाई ‘वुमन सफ्रेज मुभमेन्ट’ रहेको चिनिन्छ । यो परिर्वतनकारी कामलाई सार्थकरुप दिने काममा लेडी म्यारील एलिजाबेथ विन्डेयर र उनकी छोरी मारगरेट विन्डेयरको अग्रसरता रहेको छ ।

२. अष्ट्रेलियामामात्रै पाइने जीव र वनस्पतिहरु
अष्ट्रेलियामा पाइने मध्ये ८० प्रतिशतभन्दा बढी प्रजातीका वनस्पति, स्तनधारी प्राणी, सरीसृप र भ्यागुताहरु अन्यत्र कही पाइदैन । धेरै चिनिएका प्रजातीहरु जस्तै कोअलाभालु, कंगारु, डिन्गो, इकिड्ना, प्लेटिपस, वालाबि र वोम्ब्याट लगाएतका जीवहरु अष्ट्रेलियामा मात्रै पाइन्छन् ।

१. अष्ट्रेलिया सोचे जति विषालु छैन

एउटा पुरानो भनाइ छ ‘अष्ट्रेलिया धेरै नै विषालु छ’ तर यो कुरा साँचो होइन । उदाहरणको लागि क्विन्सल्यान्डमा पाइने १२० प्रकारका सर्पहरुमध्ये ६५ प्रतिशतमात्रै विषालु छन् । त्यस्तै अष्टेलियामा पाइने सबै माकुराहरु धेरै विषालु छन् भनिन्छ तर खासमा धेरै जसो अष्टेलियन माकुराहरु पनि हानिकारक छैन् ।

इस्केपहिअरडटकमबाट भावानुदित

प्रतिक्रिया