क्रिकेट टोलीलाई बधाइ दिँदै प्रधानमन्त्रीले गरे यस्तो बाचा

0

प्रधानमन्त्री केपी शर्मा ओलीले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ दिएका छन् ।

मंगलबार प्रधानमन्त्रीले ट्वीटरबाट ‘नेपाललाई गौरवशाली सफलता’ हासिल गरेको भन्दै राष्ट्रिय टोलीलाई उनले बधाइ दिएका हुन् ।

‘एक दिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाइ ! अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ । खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु’, प्रधानमन्त्रीले भनेका छन् ।

नेपालले तीन खेलको एकदिवसीय शृङ्खला २—१ को नतिजाले जितेको हो । दोस्रो एकदिवसीय खेलको अन्तिम खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै शृङ्खला जितेको हो ।

प्रतिक्रिया