आजबाट होटलमा १० प्रतिशत सेवा शुल्क तिर्नुनपर्ने

0

पालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन् । रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो ।

व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए ।

यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो । त्यसरी आएको रूपैयाँ मजदुर र उनीहरूकासंगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो ।

रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बारहरूमा यो निर्णय मंगलबारदेखि नै लागू गर्ने छन् । यद्यपी सफ्टवेयर बिलिङ प्रणाली भएकालाई भने केही समय लाग्नेछ । रेवानको यो निर्णयसँगै ठूला होटल र पार्टी प्यालेसलाई पनि दबाब पर्ने भएको छ ।

पछिल्लो समय सामाजिक सुरक्षा कोषबाट मजदुरहरूको सुरक्षा भएको र स्वेच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज नलगाएकोले मजदुरलाई असर नपर्ने रेबानले जानकारी दिएको छ ।

प्रतिक्रिया