रजनीकान्तलाई २५ वर्ष जेलमै सडाउने को हो ?

0

चलचित्रको नामः कबाली

निर्देशकः पा रञ्जीत

कलाकारः रजनीकान्त, राधिका आप्टे, विंस्टन, चाव, धंसिका, दिनेश रवि, किशोर

कबाली समीक्षाः शुक्रवारदेखि विश्वभरका दर्शकले रजनीकान्त अभिनित चलचित्र ‘कबाली’ हेर्ने अवसर पाएका छन् । रजनीकान्त मात्रै यस्ता सुपरस्टार हुन् । प्रत्येक दक्षिण भारतीय दर्शक उनको यो फिल्म हेरेर मनोरञ्जन लिन चाहन्छन् । ग्याङस्टारको भुमिकामा देखिएका रजनीकान्टको गेटअप अलग छ । अभिनय बजेड लाग्छ ।

कथा

रजनीकान्त, जसलाई मान्छेरु ‘कबाली’ भनेर चिन्छन् । २५ वर्षपछि मलेशियाको जेलवाट रिहा हुन्छन् कबाली । तर, उनका दुश्मनहरु उनलाई सिध्याउने खेलको तानाबाना बुुन्नमा ब्यस्त छन् । केहि पटक कबालीमाथि आक्रमण पनि हुन्छ । तिनै दुश्मनकै कारण उनि जेल पुगेका थिए । जेलवाट फर्केपछि पनि तिनै दुश्मनहरुँंग भिडिरहनुपर्छ कबालीले ।

प्राय सुटबुटमा देखिने कबाली एक्लै हुन्छन् । तर, पनि उनी आफुबिरुद्ध जाइ लाग्नेहरुसंग भिड्न सफल हुन्छन् । उनी कसरि एक्लो भए । त्यसको छुट्टै दुःखद कथा छ । उनका दुश्मनले उनकी श्रीमति राधिका आप्टे र जन्मिनेवाला वच्चालाइ मारिदिएका हुन्छन् । जेल पनि उनी गल्तिका कारण गएका हुन्नन् अरु कसैले फसाएको हुन्छ । उनले जेलवाट छुट्न मात्रै २५ वर्ष कुर्नुपर्ने हुन्छ ।

यसवाहेक अरु धेरै रहस्य सिनेमामा छ तर, ती सब कुरा बुझ्नका लागि हलमा जानु नै सबै भन्दा उत्तम हुन्छ ।

पहिलो हाफ निकै कसिएको महसुस् हुन्छ । दर्शकलाई बााधेर राख्छ । मध्यान्तरपछि भने कथाको गति हल्का धिमा महसुस् हुन्छ ।

रजनीकान्तको अभिनय सान्दार छ । डन, बुढा वा फाइटर । जुनसुकै चरित्रमा पनि जीबन्त अभिनय गरेका छन् उनले । फाइट गर्ने उनको स्टाइल मौलिक लाग्छ भने इमोश्नल सिनमा राधिका आप्टेले बेजोड अभिनय गरेकी छिन् । यद्धपि राधिकाको भुमिका निकै छोटो छ । रजनीकान्त जस्ता अभिनेतासंग काम गरेर गहिरो छाप छोडेकि छिन् । यहि फिल्मले राधिकालाइ क्षमतावान नायिकाको सूचीमा दर्ज गराएको छ ।

समग्र फिल्मको कुरा गर्ने हो भने सिनेमाटोग्राफी बेजोड छ । त्यसो त निर्देशक पीए रन्जीत कमर्शियल एक्सन फिल्म बनाउन खप्पिस मानिन्छन् । रजनीकान्तका दर्शक मात्रै हैन एक्सन फिल्म हेरेर मनोरञ्जन लिने जोकसैले मनोरञ्जन लिनसक्छ यो फिल्म हेरेर ।

 

प्रतिक्रिया